सुन र चाँदीको मूल्य बढ्यो
Bullion

सुन र चाँदीको मूल्य बढ्यो

शुक्रबार सुन प्रति तोला ५ सय रुपैयाँ बढेर ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । विहीबार सुन प्रति तोला ५४ हजार ९ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो । त्यसैगरी, चाँदी प्रति तोला ५ रुपैयाँ बढेर ७ सय ५५ रुपैयाँमा किनबेच भएको नेपाली सुन चाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन प्रति १० ग्राम ४७ हजार ४ सय ९५ रुपैयाँ र चाँदी प्रति १० ग्राम ६ सय ४७.५० रुपैयाँमा कारोबार भएको छ ।

Have Your Say