टेलिकमको ‘फोर जी’ सेवा सुरु
Technology

टेलिकमको ‘फोर जी’ सेवा सुरु

नेपाल टेलिकमले आइतबारबाट चौथो पुस्ताको मोबाइल सेवा ‘फोर जी’ सुरु गरेको छ ।
 
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फोर जी सेवाको शुभारम्भ गरेका हुन् । टेलिकम नेपालमा पहिलोपटक फोरजी सेवा सुरु गर्ने दूरसञ्चार कम्पनी हो ।

टेलिकमले थ्री जी सेवाकै महसुल दरमा हाललाई फोर जी सेवा दिने जनाएको छ । पोस्टपेड मोबाइल सेवाका ग्राहकले भने यही जनवरी महिनाभित्र चार दिनका लागि चार जीबी डाटा सित्तैमा पाउनेछन् ।

फोर जी सेवा चल्ने मोबाइल सेटबाट ग्राहकले *444# डायल गरी फोरजी सेवा एक्टिभ गर्न सक्ने नेपाल टेलिकम वायरलेस निर्देशनालयका प्रमुख अशोककुमार थापाले जानकारी दिए ।

‘कान्तिपुर’बाट

Have Your Say