सेन्ट्रल फाइनान्सको २१ औं साधारण सभा
Stock

सेन्ट्रल फाइनान्सको २१ औं साधारण सभा

सेन्ट्रल फाइनान्स लिमिटेडको मङ्सिर १ गते २१ औं वार्षिक साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने भएको छ । कम्पनीको साधारण सभामा ८ दशमलव ७६ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव रहेको छ ।

बोनस करमा भने कम्पनीले भक्तपुर फाइनान्सलाई मर्ज गरेका कारण २०७३ चैत १० गतेसम्मका शेयरधनीहरुलाई कर छुट र अन्य शेयरधनीहरुलाई भने बोनस वापतको कर बुझाउन पर्ने भएको छ ।

सभाको प्रस्तावमा संस्थापक तर्फबाट ३ जना र सर्वसाधारणमा ३ जना सञ्चालक निर्वाचन गर्ने विषय रहेको छ । कम्पनीको साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका कात्तिक १४ गते बन्द रहने भएको छ ।

Have Your Say