अपर तामाकोशीको आईपीओ कात्तिक १५ गतेदेखि आउँदै
Stock

अपर तामाकोशीको आईपीओ कात्तिक १५ गतेदेखि आउँदै

अपर तामाकोशी हाइड्रोपावर कम्पनीको आईपीओ कात्तिक १५ गतेदेखि आउने भएको छ । कम्पनीले दोस्रो चरणको १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्न लागेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द मिति छिटोमा कात्तिक १९ र ढिलोमा मङ्सिर १४ सम्म रहेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र सह धितोपत्र तथा निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ । यसअघि कम्पनीले पहिलो चरणमा साउन १६ गतेदेखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता शेयर दोलखा जिल्ला स्थित आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका जारी गरेको थियो ।

Have Your Say