कालिका पावर कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन
Stock

कालिका पावर कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन


कालिका पावर कम्पनीको १२ लाख कित्ता आइपीओ भर्ने सोमबार असोज १ गते अन्तिम दिन हो । कुल सेयरमध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । कम्पनीले बिहीबार भदौ २८ गते देखि आइपीओ बिक्री खुला गरेको हो । यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म भर्न सकिनेछ ।
बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटलबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।

Have Your Say