कालिका पावर कम्पनीको आइपीओ बिक्री खुला
Stock

कालिका पावर कम्पनीको आइपीओ बिक्री खुला

Source: Newspaper

कालिका पावर कम्पनीको आइपीओ बिहीबार भदौ २८ गते देखि बिक्री खुला भएको छ । कालिकाले प्रतिकित्ता १०० रुपैयाँ दरमा १२ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यो आइपीओ न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म भर्न सकिनेछ ।

यसमा लगानीकर्ताले छिटोमा असोज १ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असोज २८ गतेसम्म खुला रहनेछ । बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटलबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।

Have Your Say