चौतारी लघुवित्तले पायो ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति
Stock

चौतारी लघुवित्तले पायो ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति

Source: Newspaper

नेपाल धितोपत्र बोर्डबाट सर्बसाधारणकोलागि एक सय रुपैयाँ मूल्य अंकित पाँच करोड ४० लाख रुपैयाँ बराबरको शेयर जारी गर्न अनुमति पाएको छ।

कम्पनीले पाँच लाख ४० हजार कित्ता प्रथमिक शेयर निष्कासन गर्ने छ। शेयर निष्कासनका लागि एनआइबिएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

संस्थाको चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । संस्थाको प्रथमिक शेयरका लागि इक्रा नेपालले रेटिङ ग्रेड फोर प्रदान गरेको छ। यसले संस्थाको शेयरमा जोखिम औसत कम रहेको जनाउँछ।

Have Your Say