सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले १२% नगद लाभांश दिने
Stock

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले १२% नगद लाभांश दिने

Source: Newspaper

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले १२% नगद लाभांश दिने भएको छ । कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले करसहित १२% नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश वितरणका लागि भदौ ४ गते बुक क्लोज हु्ने भएको छ । सिद्धार्थ इक्विटीको लाभांश भदौ ३ गतेसम्म कायम इकाईधनीले मात्र पाउनेछन् । कोषले कुल १२ करोड रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । लाभांश वितरणपछि इक्विटी ओरियन्टेड स्कीमको समायोजित प्रतिइकाई खुद सम्पति मूल्य १०.१४३% हुने सिद्धार्थ क्यापिटले जनाएको छ ।

Have Your Say