सिनर्जी फाइनान्स हाल बेष्ट फाइनान्स को २५% हकप्रद आज अन्तिम दिन
Stock

सिनर्जी फाइनान्स हाल बेष्ट फाइनान्स को २५% हकप्रद आज अन्तिम दिन

सिनर्जी फाइनान्स हाल बेष्ट फाइनान्स को २५% हकप्रद भर्ने आज अन्तिम दिन हो सिनर्जीले पुँजी वृद्धि गर्न गत असार २५ गतेदेखि २५% हकप्रद सेयर बिक्री खुला गरेको हो । १ः०.२५ अनुपातमा ११ लाख ८६ हजार २२.४७ कित्ता सेयर बिक्री खुला गरिएको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद सेयरका लागि सिनर्जीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ ।
तर, २०७४ असोज २५ गतेसम्म सेयर किनेर कायम रहेका सेयरधनीले मात्र सिनर्जीको हकप्रदमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी तथा तत्कालीन सिनर्जीको कर्पोरेट अफिस कमलादी, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि भर्न सकिनेछ ।

Have Your Say