सिटिजन्स बैंकको एफपीओ आज अन्तिम दिन
Stock

सिटिजन्स बैंकको एफपीओ आज अन्तिम दिन

सिटिजन्स बैंकको एफपीओ भर्ने शुक्रबार साउन १८ गते अन्तिम दिन हो । यो एफपीओमा माग भन्दा धेरै आवेदन परेपछि शुक्रबार नै बिक्री बन्द हुन लागेको हो । बैंकले मंगलबार साउन १५ गते देखि ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री खुला गरेको हो । एफपीओ खुलेको दिन नै माग भन्दा बढी आवेदन परेको थियो ।
सिटिजन्सले अंकित मूल्य १०० रुपैयाँमा १०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले एफपीओ बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २३ सय कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । यो एफपीओमा सी–आस्वाको माध्यमबाट घरमै बसेर अनलाइन आवेदन दिन सकिन्छ । एफपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो ।

Have Your Say