नेसनल लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयर
Stock

नेसनल लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयर

नेसनल लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयर सुरक्षित गर्ने बिहीबार असार २१ गते अन्तिम दिन हो । कम्पनीले ६०% हकप्रदका लागि शुक्रबार असार २२ गते देखि बुक क्लोज गर्दैछ । यसर्थ, यो हकप्रद सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नुपर्नेछ । नेसनलले साउन १ गतेदेखि ६०% हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७७.५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद भर्ने अन्तिम म्याद भदौ ४ गतेसम्म छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, नेसनलको रजिष्टार्ड कार्यालय, लाजिम्पाट र यसका सम्पूर्ण शाखाहरु तथा सी–आस्वाबाट पनि हकप्रद भर्न पाइन्छ ।
हाल नेसनल लाइफ इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २२ करोड २० लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४४ पैसा छ ।

Have Your Say