नाडेप लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर वुधवार वाँडफाँट
Stock

नाडेप लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर वुधवार वाँडफाँट

नाडेप लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर वुधवार वाँडफाँट भएको छ । गोलाप्रथावाट भएको वाँडफाँटमा ४३ हजार दुइ सय आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। प्राथमिक शेयरमा दुई लाख १९ हजार ९१ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये ४ सय ७४ आवेदन रद्द भएको छ । संस्थाले चार करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गरेको थियो। जसमा ९९ लाख एक हजार १३० कित्ताकालागि आवेदन परेको थियो भने त्यसमा २७ हजार १३० कित्ताको आवेदन रद्ध भएको विक्री प्रवन्धक नविल इन्भेष्टमेन्टले जनाएको छ ।

Have Your Say