वोमी माइक्रोफाइनान्सको ३०% हकप्रद असार १९ गते आज अन्तिम दिन
Stock

वोमी माइक्रोफाइनान्सको ३०% हकप्रद असार १९ गते आज अन्तिम दिन

Source: Newspaper

वोमी माइक्रोफाइनान्सको ३०% हकप्रद भर्ने मंगलबार असार १९ गते आज अन्तिम दिन हो । कम्पनीले जेठ १६ गतेदेखि १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर बिक्री खुला गरेको हो । जेठ ३ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न पाउनेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं र वोमी माइक्रोफाइनान्सको भरतपुर चितवन तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ । हाल वोमीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।

Have Your Say