नाडेप लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन आज अन्तिम दिन
Stock

नाडेप लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन आज अन्तिम दिन

नाडेप लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने बुधबार असार १३ गते अन्तिम दिन हो । बुधबार कार्यालय समयसम्म मात्र यो आइपीओमा आवेदन दिन सकिन्छ ।
नाडेपले आइतबार असार १० गते देखि १०० रुपैयाँ अंकित दरको ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २४ हजार कित्ता ९५५० सेयर कम्पनीका कर्मचारी र २४ हजार कित्ता ९५५० नै सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौं तथा नाडेप लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय गजुरी–१, धादिङबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

Have Your Say