देवः विकास बैंकको लिलामी सेयर किन्न आज अन्तिम दिन
Stock

देवः विकास बैंकको लिलामी सेयर किन्न आज अन्तिम दिन

Source: Newspaper

देवः विकास बैंकको लिलामी सेयर किन्ने शुक्रबार असार ८ गते अन्तिम दिन हो । शुक्रबार कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । देवःले असार १ गतेदेखि संस्थापक समूहको १४ लाख ७९ हजार २६४.८८ कित्ता र सर्वसाधारण समूहको ५ लाख ४० हजार ७९४.७१ कित्ता सेयर लिलामी प्रक्रियामा ल्याएको हो । संस्थापक समूहको सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसअघि देवः ले चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १९ हजार ९५३ जनाबाट ४५ लाख १३ हजार ४९ कित्ता सेयरका लागि मात्र आवेदन परेपछि बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । हाल देवः को चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार १४८ रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि भने चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड २३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५२ पैसा ९वार्षिक० रहेको देवःको प्रतिसेयर नेटवर्थ भने १४० रुपैयाँ ५७ पैसा छ ।

Have Your Say