नेपाल बैंक लिमिटेडको एफपिओ १,७६८४८५८ कित्ता
Stock

नेपाल बैंक लिमिटेडको एफपिओ १,७६८४८५८ कित्ता

नेपाल बैंक लिमिटेडले सर्वसाधारण शेयरधनीका लागि १,७६८४८५८ कित्ता एफपिओ असार १५ गतेदेखि निष्कासन तथा विक्री खुल्ला गरेको छ । निष्कासन बन्द छिटोमा असार १९ गते र ढिलोमा श्रावण १३ गते हुनेछ ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता आवेदन दिन सक्नेछन् । बैंकले प्रति कित्ता रू। १०० अंकित मूल्यमा प्रिमियम बापत रू। १८० थप गरि प्रति कित्ता रू। २८० मा सो शेयर निष्कासन गर्न लागेको हो । बैंकको शेयर रजिष्ट्रार सिद्धाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Have Your Say