सूर्या लाइफ इन्स्योरेन्सको १०ः४ अनुपातमा निष्कासन दिने आज अन्तिम दिन
Stock

सूर्या लाइफ इन्स्योरेन्सको १०ः४ अनुपातमा निष्कासन दिने आज अन्तिम दिन

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०ः४ अनुपातमा निष्कासन गर्न लागेको हकप्रद शेयर आवेदन दिने आज (असार  ३ गते) अन्तिम दिन हो। कम्पनीले रू. १०० अंकित मूल्यका २८,८७,५०० कित्ता हकप्रद शेयर निष्कासन गर्न हो ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसि एशिया क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा सूर्या लाइफको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हाल इन्सुरंसको चुक्तापूँजी रू. ७२,१८,७५,००० रहेको छ भने हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात इन्सुरंसको चुक्तापूँजी रू. १,०१,०६,२५,००० पुग्नेछ । बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् ।

Have Your Say