एनएमबिको १,१४,१५,१६३ कित्ता एफपिओ
Stock

एनएमबिको १,१४,१५,१६३ कित्ता एफपिओ

एनएमबि बैंक लिमिटेडले सर्वसाधारण शेयरधनीका लागि १,१४,१५,१६३ कित्ता एफपिओ जेठ ३० गतेदेखि निष्कासन तथा विक्री खुल्ला गरेको छ । निष्कासन बन्द छिटोमा असार ३ गते र ढिलोमा असार २८ गते हुनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५७,०७० कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकले प्रति कित्ता रू. १०० अंकित मूल्यमा प्रिमियम बापत रू. २३३ थप गरि प्रति कित्ता रू. ३३३ मा सो शेयर निष्कासन गर्न लागेको हो । बैंकको शेयर रजिष्ट्रार नागरिक लगानी कोष रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

Have Your Say