कुमारीको १०ः२ हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
Stock

कुमारीको १०ः२ हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

कुमारी बैंक लिमिटेडले १०ः२ अनुपातमा निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने आज (जेठ ३१ गते) अन्तिम दिन हो । कम्पनीले बैशाख २८ गते देखि सो हकप्रद शेयर निष्कासन तथा विक्री खुल्ला गरेको हो । कम्पनीले रू. १०० अंकित मूल्यका १,१९,३८,९९१.६५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा कुमारी बैंकको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हाल बैङ्कको चुक्तापूँजी रू. ५,९६,९४,९५,७५३ रहेको छ भने हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैङ्कको चुक्तापूँजी रू. ७,१६,३३,९४,९०३ पुग्नेछ । बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् ।

 

Have Your Say