अल्पाइन डेभलपमेन्ट बैँकले ३ः२.०८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्दै
Stock

अल्पाइन डेभलपमेन्ट बैँकले ३ः२.०८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्दै

धित्तोपत्र बोर्डले जेष्ठ ७ गते अल्पाइन डेभलपमेन्ट बैँकलाई ३ः२.०८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्र्न अनुमति दिएको छ । बैँकले रु १०० अंकित १८ लाख ३ हजार २ सय ४७ कित्ता शेयर बराबर १८ करोड ३ लाख २४ हजार ७ सय रुपैयाँको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।


चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकमा बैँकको चुक्ता पुँजी २६ करोड ७५ हजार रुपैयाँ रहेको छ भने हकप्रद शेयर बिक्रि पश्चात बैँकको चुक्ता पुँजी ४४ करोड ३ लाख ९९ हजार रुपैयाँ पुग्नेछ । सो अवधिमा बैँकले जगेडा कोषमा ७ करोड ६६ लाख १९ हजार रुपैयाँ जम्मा गरेको छ । बैँकले ३ करोड ४३ लाख ४८ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । प्रति शेयर आम्दानी १७.६१ रुपैयाँ र प्रति शेयर नेट वर्थ १२९.४६ रुपैयाँ कायम रहेको छ ।

Have Your Say