गोर्खाज फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर सुनिच्क्षित गर्ने अन्तिम मिति बैशाख १९ गते
Stock

गोर्खाज फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर सुनिच्क्षित गर्ने अन्तिम मिति बैशाख १९ गते

गोर्खाज फाइनान्स लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । हकप्रद शेयर प्रयोजनको लागि कम्पनीले बैशाख २० गते बुक क्लोज गर्ने भएको छ । बैशख १९ गते सम्म कायम शेयरधनीहरुले उक्त हकप्रद शेयरमा आवेदन दिन पाइनेछ । कम्पनीले रू। १ सय अंकित मूल्यका २८,९३,३१३ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । पुस २६ गते सम्पन्नन बैंकको २२औँ वार्षिक साधारण सभाले सो हकप्रद निष्कासनको प्रस्तावा पारित गरेको थियो । कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।


चालु आ.वको दोश्रो त्रैमासिकमा फाइनान्सले २३ करोड २७ लाख ४८ हजार रुपैयाँ खराब कर्जा उठाउन सपल भएको छ भने १० करोड ७० लाख २३ हजार रुपैयाँ नाफ कमाएको छ । हाल फाइनान्सको चुक्ता पुँजी ५७ करोड ८६ लाख ६२ हजार रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि फाइनान्सको चुक्ता पुँजी ५० प्रतिशतले वृद्धि हुनेछ ।

Have Your Say