बुटवल पावरको एफपिओ आउँदै
Stock

बुटवल पावरको एफपिओ आउँदै

बुटवल पावर कम्पनीले एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको सेयरमा ३७० रुपैयाँ प्रिमियम थपेर ४७० रुपैयाँ दरले निष्कासन गर्न लागेको हो । ४० लाख ८१ हजार कित्ता बराबर १ अर्ब ९१ करोड ८० लाख ७० हजार रुपैयाँको एफपिओ निस्कासन गर्नको लागि तयार गरिएकोे छ ।


प्रिमियम मूल्य स्वीकृत भए कम्पनीले कम्पनीले प्रक्षेपण गरेको र तथा वास्तविक विवरणमा २० प्रतिशत भन्दा बढी देखिएमा सोको कारण सार्वजनिक सुचना प्रकाशन गर्ने जनाएको छ । कम्पनीले पुस मसान्तसम्म १३ करोड नौ लाख आम्दामी गरेको छ ।

Have Your Say