लुम्बिनी बैंकले लगानीकर्तालाई १५ प्रतिसत बोनस सेयर दिने, चुक्ता पूँजी २ अर्ब ३० करोड पुग्ने
Stock

लुम्बिनी बैंकले लगानीकर्तालाई १५ प्रतिसत बोनस सेयर दिने, चुक्ता पूँजी २ अर्ब ३० करोड पुग्ने

लुम्बिनी बैंकले लगानीकर्तालाई १५ प्रतिसत बोनस सेयर दिने भएको छ । बैंकको बुधबार दिउसो बसेको सञ्चालक समितिले बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको यो बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

 बैंकले गत वर्ष ६ प्रतिसत बोनस सेयर र पाँच प्रतिसत नगद लाभांस दिएको थियो । हालसम्म बैंकको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ छ । बोनस सेयर वितरण पछि बैंकको चुक्ता पूँजी दुई अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।

 बैंकले गत आर्थिक वर्षमा ३४ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । यही नाफाबाट बैंकले १५ प्रतिसत बोनस दिन लागेको हो । बैंकले चुक्ता पूँजी बृद्धिका लागि बोनस र मर्ज गर्ने योजना राष्ट्र बैंकमा पेश गरेको छ ।

Have Your Say