जलविद्युतमा सर्वसाधारणको लगानी, २ दिनमै १ अर्ब बढीको प्रतिबद्धता
HydroPower

जलविद्युतमा सर्वसाधारणको लगानी, २ दिनमै १ अर्ब बढीको प्रतिबद्धता

‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराकासाथ ऊर्जा मन्त्रालयले जनस्तरमा गरेको आह्वानअनुसार बुधवार अपहरान्न चार बजेसम्ममा तीनहजार ५७ ओटा थप आवेदन परेका छन् । जसको लगानी प्रतिबद्धता रकम १९ करोड ५८ लाख ९८ हजार १ ससय २५ रूपैयाँ रहेको छ ।

आजसम्म कुल व्यक्तिगततर्फ  १५ हजार २ सय ८३ ओटा आवेदन पेश भएका छन्् । उनीहरुबाट रू. १ अर्ब ५ करोड ४३ लाख ४३ हजार ३ सय ७५ रूपैयाँको प्रतिबद्धता आएको छ ।  त्यस्तै, हालसम्म १२ ओटा कम्पनीले आवेदन दिएका  छन् । उनीहरुबाट ४ करोड ४६ लाख ७५ हजार रूपैयाँ रकमको प्रतिबद्धता आएको छ ।  बुधवारसम्ममा प्राप्त भएको कुल लगानी प्रतिबद्धता रकम १ अर्ब ९ करोड ९० लाख १८ हजार ३ सय ७६ रूपैयाँ प्राप्त भएको छ ।

‘आर्थिक अभियान’ बाट

Have Your Say