पेट्रोल,डिजल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो
Energy

पेट्रोल,डिजल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोल,डिजल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको छ।इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य बढाएको हो।अब पेट्रोल १ सय ५ रुपैयाँ र डिजल तथा मट्टितेल ८५ रुपैयाँ पर्नेछ।निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टराईले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले यहाँ मूल्य बढाउनुपर्ने अवस्था आएको बताए।

निगमले हवाई इन्धन र खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत राखेको छ।हवाई इन्धनमा नाफानै रहेकोले मूल्य नबढाइएको हो भने एलपिजीमा भने प्रतिसिलिण्डर ६५ रुपैयाँ घाटा छ।अहिले निगमले ग्यासमा क्रस सब्सिडी दिएर मूल्य नबढाउने रणनीति लिएको छ।

Have Your Say