मंगलबारदेखि ‘युरो ४’ को इन्धन
Energy

मंगलबारदेखि ‘युरो ४’ को इन्धन

 उपभोक्ताले मंगलबारदेखि ‘युरो ४’ मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन् । भारतीय आयल निगम ९आईओसी० ले शनिबार युरो ४ को इन्धन दिन थालेको हो । हाल बजारमा युरो ३ मापदण्डको इन्धन बिक्री हुन्छ ।

आयल निगमका अनुसार युरो ४ का लागि गत कात्तिकमा आईओसीसँग सौद्धान्तिक सहमति भएको थियो । गत साता निगम र आईओसीबीच ५ वर्षे इन्धन सम्झौता नवीकरण भएपछि युरो ४ मापदण्डको इन्धन आयात गर्ने बाटो खुलेको हो ।
निगमका बिक्री वितरण विभाग प्रमुख एव प्रवक्ता सीताराम पोखरेलका अनुसार शनिबार सिलगुढी, बरौनी र रक्सौल रिफाइनेरीबाट ४ हजार ९२ किलोलिटर इन्धन लोड भएको थियो । तीमध्ये ७ सय ९२ किलोलिटर पेट्रोल र ४ हजार ८ सय ८४ किलोलिटर डिजेल रहेको उनले बताए ।

‘सिलगुढीबाट पेट्रोल ८० किलोलिटर र डिजेल २ सय ८४ किलोलिटर, बरौनीबाट पेट्रोल ३ सय ४० किलोलिटर र डिजेल १८ सय ८ किलोलिटर र रक्सौलबाट पेट्रोल ३ सय ७२ र डिजेल २ हजार किलोलिटर लोड भएको छ । ‘ट्यांक आउँदै छन्,’ पोखरेलले भने, ‘सोमबारसम्म उपत्यका आइपुग्छ । इन्धन मंगलबारदेखि बजारमा पठाउनेछौं ।’

उनका अनुसार शनिबार गोन्डा, बेतालपुर र बन्थरा रिफाइनेरीबाट भने लोड भएन । भारतमा आइतबार पनि सार्वजनिक बिदा भएकाले आइतबार पनि लोड हुन सकेन । निगमका अनुसार सोमबारदेखि सबै रिफाइनेरीबाट युरो ४ कै इन्धन लोड हुनेछ । ‘शनिबार मुख्यरमुख्य रिफाइनेरीबाट युरो ४ को इन्धन लोड भयो । सोमबार सबै रिफाइनेरीमा ट्याङकर पठाउनेछौं,’ पोखरेलले भने । निगमका अनुसार युरो ३ को तुलनामा युरो ४ को मूल्य केही बढी हुन्छ । तर, युरो ३ कै मूल्यमा बिक्री गर्ने योजना बनाएको उने बताए । जानकारहरूका अनुसार युरो ३ को तुलनामा युरो चार हलुका पनि हुन्छ ।

यसमा सल्फरको मात्रा कम हुन्छ । जसले वायु प्रदूषणमा पनि कमी आउँछ । पोखरेलका अनुसार युरो ३ मा १ सय ५० पीपीएम सल्फर हुन्छ । युरो ४ मा भने ५० पीपीएम हुन्छ । युरो ३ मा एरोम्याटिक ९सुगन्ध० को मात्रा ४२ हुन्छ । युरो ४ मा भने ३५ हुने निगमले जनाएको छ । ‘सल्फर र गन्ध कम भए पनि वातावरण प्रदूषण नियन्त्रणमा धेरै सहयोग पुग्छ,’ पोखरेलले भने, ‘युरो ४ ले सवारी साधनको इन्जिनको लागि राम्रो हो । इन्जिनको आयु बढ्छ । माइलेज पनि बढाउँछ ।’

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले युरो ४ को इन्धन राम्रो भए पनि त्यसबाट हुने आर्थिक क्षतिबारे अध्ययन गर्नुपर्ने बताए । ‘युरो ४ मापदण्डको इन्धन सवारी साधनका लागि धेरै राम्रो हो । युरो ३ को तुलनामा युरो ४ हलुका हुन्छ,’ उनले भने, ‘प्राविधिक क्षति, नोक्सानको अध्ययन गर्नु जरुरी छ ।’

निगमको पाक्षिक नाफा सवा ६ करोड
आयल निगमको पाक्षिक नाफा सवा ६ करोड रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले नाफा बढेको निगमले जनाएको छ ।

‘भारतीय आयल निगम ९आईओसी० ले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य घटेको छ,’ निगमका बिक्री वितरण विभाग प्रमुख एवं प्रवक्ता सीताराम पोखरेलले भने, ‘नयाँ मूल्यअनुसार पाक्षिक नाफा ६ करोड २५ लाख रुपैयाँ हुन्छ ।’ यसअघि निगमको पाक्षिक घाटा २७ करोड ६९ लाख थियो ।

 

 

 

 

Have Your Say