अायल निगमद्वारा पेट्रोल, डिजेल र मटितेलको मूल्यमा साढे ४ रुपैयाँले वृद्धि
Energy

अायल निगमद्वारा पेट्रोल, डिजेल र मटितेलको मूल्यमा साढे ४ रुपैयाँले वृद्धि

नेपाल आयल निगमले इन्धनको मुल्य प्रतिलिटर साढे ४ रुपैया बढाएको छ । निगमले आइतबार राती १२ बजेदेखी लागु हुनेगरी मुल्य बढाएको हो । 

‘भारतिय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूचि अनुसार प्रतिलिटर पेट्रोल, डिजेल र मटितेलमा ४ रुपैयाँ ५० बढाएका छौं,’ निगमका प्रवक्ता भानु खनालले भने, ‘नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागु हुनेछ ।’ 

नयाा मूल्य लागु भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल र मटितेल ७७ रुपैयाँ ५० पैसा पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोलको मुल्य ९७ रुपैयाँ, डिजेल र मटितेल ७३ रुपैयाँ थियो । 

खनालका अनुसार आइओसीले खुद्रा मुल्य बढाएकाले यहाँ मूल्य बढेको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत राखेको छ । 

अन्तर्राष्ट्रिय बजारमा ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि नभएकाले मूल्य यथावत राखेको जनाएको छ । हाल खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य १३ सय २५ रुपैयाँ छ । 

यसअघि निगमले मंसिरमा हवाई इन्धनको मूल्य प्रतिलिटर ८ रुपैयाँ घटाएको थियो । प्रतिलिटर हवाई इन्धन (आन्तरिक तर्फ) ८६ रुपैयाा र अन्तर्राष्ट्रिय तर्फ प्रतिहजार ७ सय ५० डलर छ ।

अाजकाे कान्तिपुरबाट

Have Your Say