नेपालमा छुट्टै औद्योगिक क्षेत्र स्थापना गर्न चासो देखाएका छन्।
Economy

नेपालमा छुट्टै औद्योगिक क्षेत्र स्थापना गर्न चासो देखाएका छन्।

Source: Newspaper

स्थायी सरकार बनेपछि चीन, कोरिया, सिंगापुर लगायतका देशबाट छुट्टै औद्योगिक क्षेत्र स्थापनाको लागि विदेशी लगानीकर्ताले चासो देखाएका हुन पहिला यसरी छुट्टै औद्योगिक क्षेत्र स्थापना गर्ने प्रस्ताव आएका थिएनन उद्योग विभाग वैदेशिक लगानी शाखाका निर्देशक खगेन्द्रबहादुर बस्नेतले भन, ‘स्थायी सरकार बनेको सन्देश गएपछि विभिन्न देशका लगानीकर्ताले छुट्टै औद्योगिक क्षेत्र स्थापनाका लागि चासो देखाएका छन । उनीहरुले कर लगायतका सहुलितयका बारेमा सोधखोज गर्न थालेका छन् ।

उनीहरुको चासो औद्योगिक क्षेत्र स्थापना गरेर आफैँ सञ्चालन गर्न पाउनेरनपाउने स्पस्ट हुन चाहेको उनले बताए । बस्नेतले भने, ‘सबै उद्योग आफ्नै देशका नागरिकले स्थापना गर्ने जानकारी गराएका छन् ‘सरकारले ध्यान दिएमा छुट्टै औद्योगिक क्षेत्र स्थापना भएर ठूलो लगानी आउनसक्ने उनले बताए । उनका अनुसार यसरी औद्योगिक क्षेत्र स्थापनाका लागि बुझ्न तीनरचार पटकसम्म लगानीकर्ता आइसकेका छन ।
औद्योगिक व्यवसाय ऐन २०७३ मा विदेशी लगानीकर्ताले औद्योगिक क्षेत्र स्थापना गर्न सक्ने व्यवस्था छ । त्यसरी औद्योगिक क्षेत्र स्थापना गर्ने विदेशी लगानीकर्तालाई दिने सेवा, सुविधा र सञ्चालन विधिको वारेमा भने ऐन स्पष्ट छैन । केही नीतिगत अस्पष्टता हटाएर सहज लगानीको वातावरण बनाइदिएमा ठूलो विदेशी लगानी भित्रिने बस्नेत बताउँछन् ।
सार्वजनिक यातायातमा चिनियाँ चासो
चिनियाँ लगानीकर्ताले सार्वजनिक यातायात सञ्चालनमा समेत चासो देखाएका छन । चिनियाँ लगानीकर्ताको समुहले सार्वजनिक यातायात संचालनका बारेमा उद्योग विभागमा छलफल गरेको थियो ।
चिनियाँ टोलीले यातायात कम्पनी स्थापना गरेर ठूला लक्जरी बस सञ्चालन गर्नेवारेमा विभागमा छलफल गरेको बस्नेतले बताए । औद्योगिक व्यवसाय ऐनमा सार्वजनिक सवारीका उद्योगमा विदेशीले लगानी गर्न पाउने व्यवस्था छ । यातायात व्यवस्था विभागले विदेशीलाई रुट परमिट दिन पाउनेरनपाउने बारेमा प्रश्न गरेका थिए ।
फर्निचर उद्योग स्थापनाको लागि पनि छलफल
चिनियाँ र सिङ्गापुरको टोलीले नेपालमा फर्निचर उद्योगमा लगानी गर्न चाहेको विभागले जनाएको छ ।
बस्नेतका अनुसार वनसँग समन्वय गरेर फर्निचर उद्योग राख्न चाहेका छन । नेपालमा अहिले विदेशबाट अर्बौ रुपैयाँका काठ र फर्निचर आयात हुने गरेको छ । नेपालमा ४४ प्रतिशत वन क्षेत्र छ । यति धेरै वनक्षेत्र भएपनि नेपालमा फर्निचर आयात भएकोमा उनीहरुले आश्चर्य व्यक्त गरेका छन ।

Have Your Say