सर्वसाधारणलाई आजबाट नयाँ नोट
Currency

सर्वसाधारणलाई आजबाट नयाँ नोट

केन्द्रीय बैङ्कले सर्वसाधारणका लागि आइतबारबाट नयाँ नोट वितरण सुरु गरेको छ । नयाँ नोट वितरणका लागि नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९ वटा काउन्टरको व्यवस्था गरेको छ । जेष्ठ नागरिक, अपांग, अशक्तका लागि एउटा छुटै काउन्टरको व्यवस्था गरिएको छ । यसैगरी, तोक आदेश लिएर नयाँ नोट साट्न आउनेलाई पनि छुटै काउन्टर राखिएको छ । सर्वसाधारणका लागि ६ वटा काउन्टरको व्यवस्था गरिएको राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताए ।
विभागले लाइन बसेका सर्वसाधारणलाई कुपन वितरण गर्ने र त्यसैको आधारमा नयाँ नोट वितरण गर्नेछ । बैङ्कले प्रतिव्यक्ति ३७ हजारका नयाँ नोट वितरण गर्दैछ ।
अघिल्लो सालभन्दा यसपालि सर्वसाधारणलाई बढी नयाँ नोट वितरण गर्न लागेको उनले जानकारी दिए । केन्द्रिय बैङ्कले निजी बैङ्क तथा वित्तीय संस्थालाई भने २ अर्बका नयाँ नोट दिएसकेको छ । असोज ९ गतेदेखि ३ दिनसम्म वाणिज्य बैङ्कलाई, १ दिन विकास बैङ्कर वित्त कम्पनीलाई र १ दिन केन्द्रिय कार्यालय उपत्यकाभित्र भएका तथा छुटफुटलाई वितरण गरेको थियो । सर्वसाधारणले ती संस्थाबाट पनि नयाँ नोट साट्न सक्नेछन् ।
दसैंमा सबैभन्दा बढी २०, ५० र १०० दरका नोट बढी प्रयोगमा आउने राष्ट्र बैङ्कको भनाइ छ । पछिल्लो समय खाद्यान्न, लताकपडा र यातायात खर्च बढेसँगै साना दरका नोटभन्दा मध्यम खातका नोटको प्रयोग बढेको सर्वसाधारण बताउँछन् । टीका लगाएर ५ र १० को एउटा नोट दिन नसुहाउने समय आएको उनीहरुको भनाई छ ।

Have Your Say