२ सय रुपैयाँ उकालो लाग्यो सुनको मूल्य
Bullion

२ सय रुपैयाँ उकालो लाग्यो सुनको मूल्य

सोमबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रति तोला २ सय रुपैयाँ वृद्धि भएर ५६ हजार २ सय रुपैयाँमा खरिद बिक्रि भएको छ । अघिल्लो दिन सुन प्रति तोला ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदी प्रति तोला ५ रुपैयाँ बढेर ७ सय ६५ रुपैयाँमा किनबेच भएको नेपाली सुन चाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन प्रति १० ग्राम ४८ हजार १ सय ८५ रुपैयाँ र चाँदी प्रति १० ग्राम ६ सय ५६ रुपैयाँमा कारोबार भएको छ ।

Have Your Say