सुन र चाँदीको मूल्य बढ्यो
Bullion

सुन र चाँदीको मूल्य बढ्यो

मंगलबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रति तोला ७ सय रुपैयाँ वृद्धि भएर ५७ हजार रुपैयाँमा खरिद बिक्रि भएको छ । सोमबार सुन प्रति तोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदी प्रति तोला १० रुपैयाँ बढेर ७ सय ७० रुपैयाँमा किनबेच भएको नेपाली सुन चाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन प्रति १० ग्राम ४८ हजार ८ सय ६० रुपैयाँ र चाँदी प्रति १० ग्राम ६ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

Have Your Say