सुन र चाँदीको मूल्य बढ्यो
Bullion

सुन र चाँदीको मूल्य बढ्यो

मंगलबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रति तोला २ सय रुपैयाँ बढेर ५३ हजार ७ सय रुपैयाँ पुगेको छ । सोमबार सुन प्रति तोला ५३ हजार ५ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो । त्यसैगरी चाँदी प्रति तोला ५ रुपैयाँ उकालो लागेर ७ सय २५ रुपैयाँमा किनबेच भएको नेपाली सुन चाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन प्रति १० ग्राम ४६ हजार ४० रुपैयाँ र चाँदी प्रति १० ग्राम ६ सय २१.५० रुपैयाँमा कारोबार भएको छ ।

Have Your Say