घट्यो सुन र चाँदीको मूल्य
Bullion

घट्यो सुन र चाँदीको मूल्य

मंगलबार सुन प्रति तोला ४ सय रुपैयाँ सस्तो भएर ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार सुन प्रति तोला  ५४ हजार ५ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो । त्यसैगरी चाँदी प्रति तोला ५ रुपैयाँ ओरालो लागेर ७ सय ४० रुपैयाँमा किनबेच भएको नेपाली सुन चाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन प्रति १० ग्राम ४६ हजार ३ सय ८५ रुपैयाँ र चाँदी प्रति १० ग्राम ६ सय ३४.५ रुपैयाँमा कारोबार भएको छ ।

Have Your Say