जेबिल्स फाइनान्सको बेचेको ४०% हकप्रद सेयर बाँडफाँट
Press Release / Press Release

जेबिल्स फाइनान्सको बेचेको ४०% हकप्रद सेयर बाँडफाँट

जेबिल्स फाइनान्सले बेचेको ४०% हकप्रद सेयर बाँडफाँट भएको छ । जेबिल्सले २३ लाख ११ हजार ६५० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १३ लाख १४ हजार २२ कित्ताका लागि मात्र आवेदन परेको देखिएको छ । बाँकी ९ लाख ९७ हजार ६२८ कित्ता हकप्रद बिक्री हुन सकेन । बिक्री नभएको सेयर कम्पनीले अब लिलामीमा ल्याउनेछ ।
यस फाइनान्सले असार १० देखि साउन २८ गतेसम्म २३ लाख ११ हजार ६५० कित्ता सेयर बिक्री खुला गरेको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ६३ करोड ३६ लाख ३३ हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ ।
असार मसान्त सम्ममा जेबिल्सले २ करोड ३ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५१ पैसा रहेको जेबिल्सको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८६ पैसा छ ।

Rs in '000'
जेबिल्स फाइनान्सको बेचेको ४०% हकप्रद सेयर बाँडफाँट
Source: Newspaper

Have Your Say