नेपाल क्रेडिट एण्ड कमर्स एनसिसि बैंकले हकप्रद भर्ने म्याद १५ दिनको लागि थप
Press Release / Press Release

नेपाल क्रेडिट एण्ड कमर्स एनसिसि बैंकले हकप्रद भर्ने म्याद १५ दिनको लागि थप

बैंकले यसअघि भदौ ४ गतेदखि असोज ७ गतेसम्म निष्कासन गर्ने सूचना प्रकाशन गरेकोमा बैंकको सञ्चालक समितिको बैंठकले असोज २२ गतेसम्म थप गरेको जनाएको छ।
बैंकले साउन १५ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गरेको छ। प्रति शेयर एक सय रुपैयाँको दरमा २ करोड ३३ लाख कित्ता हकप्रद निष्काशन गरिएको छ।
हकप्रद आवेदनकालागि सनराइज क्यापिटल कमलपोखरी, बैंकको सम्पुर्ण शाखा कार्यालयहरु, आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुमा पाइने बैंकले जनाएको छ।
बैंकको हालको चुक्ता पूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ भने हकप्रद पस्चात ७ अर्ब एक करोड रुपैयाँ पुग्नेछ।
हकप्रद निष्कासनपछि बैंकले चुक्ता पूँजीको १४।०१ प्रतिशत बोनस शेयर दिने घोषणा गरिसकेको छ। बोनस शेयर जारी गरेसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ७० लाख रुपैयाँ पुग्नेछ।

Rs in '000'
नेपाल क्रेडिट एण्ड कमर्स एनसिसि बैंकले हकप्रद भर्ने म्याद १५ दिनको लागि थप
Source: Newspaper

Have Your Say