स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद अन्तिम दिन
Press Release / Press Release

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद अन्तिम दिन

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद आइतबार भदौ १७ गते अन्तिम दिन हो । कम्पनीले साउन १३ गतेदेखि १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा असार २७ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको उपत्यका भित्रका तिनकुने, टेकु, बसुन्धरा, कलंकी, लुभु, ठैब र सूर्यविनायक शाखा तथा उपत्यका बाहिरका अधिकांश शाखा कार्यालयबाट हकप्रद भर्न सकिनेछ ।

Rs in '000'
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद अन्तिम दिन
Source: Newspaper

Have Your Say