नागबेली लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद आज अन्तिम दिन
Press Release / Press Release

नागबेली लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद आज अन्तिम दिन

नागबेली लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर भर्ने बिहीबार भदौ ७ गते अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । नागबेलीले साउन ४ गतेदेखि १ः१ अनुपातमा ७ लाख ६६ हजार ४६३.ं१५ कित्ता सेयर बिक्रीमा ल्याएको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद असार २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउनेछन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटलमा भने चेकमार्फत मात्र भुक्तानी गर्न सकिनेछ । यसैगरी, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारपाटी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

Rs in '000'
नागबेली लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद आज अन्तिम दिन
Source: Newspaper

Have Your Say