नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको हकप्रदको आवेदन दिन पाउने म्याद थप गरेको छ । कम्पनीले सोमबारसम्म बिक्री खुला गरेकोमा अब भदौ १९ गतेसम्म आवेदन दिन पाइने जनाएको छ । कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीकालागि १० शेयर बजार ६ शेयरको अनुपातमा हकप्रद शेयरको बिक्री खुला गरेको छ। प्रतिशेयर एक सय रुपैयाँको दरमा ९९ लाख ३६ हजार कित्ता हकप्रद बिक्रीकालागि खुला गरिएकोमा आवेदन पर्न अझै बाँकी रहेको हुँदा म्याद थप गरेको हो । हकप्रद आवेदनको लागि एनआइबिएल एस क्यापिटल लाजिम्पाट, लगनलेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनर तथा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सम्पुर्ण शाखा कार्यालयहरु साथै आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ ।
Rs in '000'
Have Your Say