सूर्या लाइफ इन्सुरेन्सको सेयर लिलामी भर्ने आज दिन
Press Release / Press Release

सूर्या लाइफ इन्सुरेन्सको सेयर लिलामी भर्ने आज दिन

सूर्या लाइफ इन्सुरेन्सको ७४ हजार ३८४ कित्ता सेयर लिलामी भर्ने आज साउन २३ गते अन्तिम दिन हो । कम्पनीले साउन १६ गतेदेखि संस्थापक समूहको ३ हजार २८९ कित्ता र सर्वसाधारण समूको ७१ हजार ९५ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा सूर्या लाइफको वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखाबाट आवेदन दिन सकिनेछ । लिलामीमा न्यूनतम १०० कित्तादेखि संस्थापकतर्फ अधिकतम सबै कित्ता र सर्वसाधारण समूहमा अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइन्छ ।

Rs in '000'
सूर्या लाइफ इन्सुरेन्सको सेयर लिलामी भर्ने आज दिन
Source: Newspaper

Have Your Say