समता माइक्रोफाइनान्सको ५०% हकप्रद आज बिक्री बन्द
Issue Close / Right

समता माइक्रोफाइनान्सको ५०% हकप्रद आज बिक्री बन्द

समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५०% हकप्रद सेयरको बिक्री मंगलबार साउन २९ गते बन्द हुँदैछ । मंगलबारको कार्यालय समयसम्मभित्र यो हकप्रदमा आवेदन दिइसक्नुपर्छ । यस माइक्रोफाइनान्सले गत असार २७ गतेदेखि २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता सेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रदमा असार ११ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन पाइनेछ । त्यसैगरी, समताको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिलल्नेछ ।

Rs in '000'
समता माइक्रोफाइनान्सको ५०% हकप्रद आज बिक्री बन्द
Source: Newspaper

Have Your Say