मिर्मिरेको भदौ २६ देखि ९ हजार ७५३ कित्ता सेयर लिलामी, २४% बोनस पनि
Issue Auction / Ordinary

मिर्मिरेको भदौ २६ देखि ९ हजार ७५३ कित्ता सेयर लिलामी, २४% बोनस पनि

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले भदौ २६ गतेदेखि सर्वसाधारण समूहको ९ हजार ७५३ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद असोज ४ गतेसम्म तोकिएको छ ।

कम्पनीले यसअघि असार २७ गतेदेखि साउन २९ गतेसम्म ४ लाख ५० हजार कित्ता १००% हकप्रद सेयर निष्कासन गरेको हो । जसमा ३ हजार ६३७ जना सेयरधनीले ४ लाख ४० हजार २४७ कित्ताका लागि आवेदन दिएका थिए । यसआधारमा ९ हजार ७५३ कित्ता हकप्रद बिक्री हुन सकेन । बाँकी रहेको सेयर अहिले लिलामीमा बिक्री गर्न लागिएको हो ।

यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौं तथा यसका ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट पनि बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा मिर्मिरेको मुख्य कार्यलय बनेपाबाट पनि आवेदन दिन सकिनेछ ।

Rs in '000'
Issue
Financial Year2074/075
Issue Typeordinary
Face Value100
Ordinary9753
Issue DateSeptember 11, 2018
Close DateSeptember 20, 2018
मिर्मिरेको भदौ २६ देखि ९ हजार ७५३ कित्ता सेयर लिलामी, २४% बोनस पनि
Source: Newspaper

Have Your Say