एनसीसी बैंकले ५०% हकप्रद सेयर निष्कासन गर्न
Book Closure

एनसीसी बैंकले ५०% हकप्रद सेयर निष्कासन गर्न

एनसीसी बैंकले ५०% हकप्रद सेयर निष्कासनका लागि साउन १५ गते बुक क्लोज गर्ने भएको छ । यो हकप्रदमा अब साउन १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति पनि दिइसकेको छ । यसको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । राष्ट्र बैैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने अभियानमा एनसीसीले हकप्रदको बाटो रोजेको हो । हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । बैंकले यही पुँजीको ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नपुग रकम अब बैंकले बोनस सेयर दिएर पुर्याउनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकले ५४ करोड ३१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४८ पैसा ९वार्षिक० रहेको एनसीसीको प्रतिसेयर नेटवर्थ भने १६६ रुपैयाँ ८५ पैसा छ ।

Rs in '000'
एनसीसी बैंकले ५०% हकप्रद सेयर निष्कासन गर्न
Source: Newspaper

Have Your Say